काठमाडौं– कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुँदैछ । भेटपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
दुई देशबीच विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए । उनका अनुसार उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका विषयमा सहकार्य प्राथमिकतामा छ ।
दुई दिने राजकीय भ्रमणको लागि थानी विशेष विमानमार्फत हिजो काठमाडौं आएका हुन् ।
हिजै शितल निवासमा भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । कतारसँग २०३३ साल माघमा नेपालको कुटनीतिक सम्बन्ध स्थापना भए यता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व) बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा पहिलो पटक उच्च नेपाल भ्रमण हो ।
कतारका राजा आज स्वदेश फर्किने कार्यक्रम छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar