काठमाडौं– उत्तरी गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्दा तालको पानी छचल्किएर बग्दा बूढीगण्डकीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ ।
आइतबार बिहान चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको मन्त्रालयले जनाएको छ ।
बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि गृह मन्त्रालयका प्रवत्ता नारायण भट्टराईले बताए । चुमनुव्री गाउँपालिका अध्यक्ष नीमा लामाले सामागाउँमा रहेको काठेपुल बगाएको बताए । त्यसबाहेक अन्य क्षतिको विवरण आइनसकेको उनले बताए ।
वीरेन्द्र ताल फुट्दा, चुमनुव्री, धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा जोखिम बढेको छ । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङले तालमाथि रहेको हिउँको ढिस्को झरेको जानकारी आएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar