काठमाडौं – बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले धादिङमा क्यान्सर रिसर्च सेन्टर स्थापनाका लागी प्रारम्भिक तयारी गरेका छन् ।
पाण्डेले पृथ्वी राजमार्ग अन्र्तगत् धादिङको थाँक्रे गाउँपालिका वडा नं.१ को बिर्ताचौरमा हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर स्थापना गर्न तयारी थालेका हुन् । त्यसका लागी पाण्डेले शनिवार राजधानीमा धादिङका राजनितीक तथा सामाजिक व्यक्तित्वहरुसंग आवश्यक छलफल समेत गरेका छन् ।
छलफलमा धादिङका अर्का सांसद तथा नेपाली काँग्रेसका नेता रामनाथ अधिकारी, प्रदेश सांसद मदुकुमार श्रेष्ठ लगायत विभिन्न स्थानिय तहहरुका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । पछिल्लो समय देसव्यापी रुपमा क्यान्सरका रोगीहरुको संख्या बढिरहदा धादिङमा नै बन्न लागेको क्यान्सर रिसर्च सेन्टरले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भन्दै यसको स्थापनाका लागी सवैले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पछिल्लो समय तरकारी, खाद्यान्न र फलफुल जस्ता कृषिजन्य उपजहरुको उत्पादनका क्रममा रासायनिक मल र विषादीको अत्याधिक प्रयोग, खाद्य सामाग्रीहरुमा अखाद्य वस्तुहरुको मिसावट, निम्न गुणस्तरका औषधीको प्रयोगका कारण अर्वुद रोगका पिडितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएकाले त्यसको निराकरण गर्न सहज होस भन्ने हेतुले क्यान्सर रिसर्च सेन्टरको स्थापना गर्न लागिएको पाण्डेले बताए ।
क्यान्सर रोगको सम्बन्धमा अध्ययन, अनुसन्धान, उपचार, पुनःस्थापना कार्य र क्यान्सर रोकथाम सम्बन्धी अध्यापन गराउने शैक्षिक संस्था स्थापना गरि जनचेतना अभिबृद्धि गर्ने र प्राणघातक क्यान्सर रोगबाट बढि भन्दा बढि मानिसलाई बचाउने उद्देश्यले काठमाडौंबाट ४० किलोमिटरको दुरीमा पृथ्वी राजमार्गको छेउमा क्यान्सर रिसर्च सेन्टरको स्थापना गर्न लागिएको पाण्डेको भनाई थियो ।
भेलामा क्यान्सर रिसर्च सेन्टर स्थापनाको लागि संस्थाकै नाममा विर्ताचौरमा १० रोपनी जग्गा रहेको पाण्डेले जानकारी गराएका थिए । गत बर्षमात्रै उक्त जग्गालाई सम्याउने र जग्गा संरक्षणको लागि वाल लगाउने काम सम्पन्न भैसकेको र पृथ्वी राजमार्गबाट रिसर्च सेन्टरसम्म जाने सात सय मिटर लामो सडकसमेत निर्माण गरिएको उनले जानकारी गराए ।
शनिबारको भेलाले पाण्डेकै अध्यक्षतामा तदर्थ समिती र सल्लाहकार समितीसमेत गठन गरेको छ ।समितीको उपाध्यक्षमा निमानुरु शेर्पा, उपाध्यक्षमा डा.विष्णुदत्त पौडेल, सचिवमा कृष्ण बहादुर थापा, सहसचिवमा निरु खरेल, कोषाध्यक्षमा रामहिरा पाठक, सदस्यहरुमा राजेन्द्र प्रसाद खनाल, शिवहरी आचार्य, यादव खकुरेल, ताजमहमद मिँया, टिवी कार्की, डा.विनोद अर्याल, ई. विष्णु पन्थी, रेशम तामाङ र शान्ता हमाल ठकुरी रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar