काठमाडौं – नेकपा (एकिकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अहिलेकै परिस्थितीमा नेकपा एमालेसंग पार्टी एकता असम्भव रहेको बताएका छन् ।
शनिबार राजधानीमा पार्टीको धादिङ-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले एमालेका नेताहरुले तुरुन्तै पार्टाी एकता हुन्छ भनी हल्ला चलाएपनी त्यसमा कुनै सत्यता नरहेको बताएका हुन् । “हिजो पार्टी विभाजनको खास कारण के थियो?, आज पनि ति कारक तत्वहरुको बोली व्यवहार, कार्यशैलीमा कुनै परिवर्तन आएको छैन । त्यो सवै कुरामा असहमती जनाएर यो ठाँउसम्म आईपुगेका छौं । उनिहरुले भनेजस्तो पार्टी एकता हुनैका लागी त्यस्ता कुराहरुमा परिवर्तन आउनु पर्ला नी त” पाण्डेले भने ।
त्यस्तै पाण्डेले नेपालका कम्युनिष्ट पार्टीहरु पनि अहिलेको अवस्थामा कसैसंग एकता गर्ने अवस्थामा नरहेको बताए । ’कम्युनिष्ट एकता हुन्, विचार,कार्यदिशा र सिदान्त मिल्न पर्यो नी, पार्टीहरुका आ – आफ्नै विचार छ, साझा सिदान्तको छलफल समेत भएको छैन् ,अनि कसरी हुन्छ एकता ?’उनले भने ।
पाण्डेले आफुहरु कसैको निगाहामा नभई आफ्नै बलमा अस्तित्व बनाउन सक्षम रहेको समेत जिकिर गरे । उपाध्यक्ष पाण्डेले आगामी निर्वाचनमा पार्टिले एक्लै चुनाव लडेर जित्ने देढताका साथ संगठन विस्तार र जनतामा गएको बताए । उनले अवको मुख्य कार्यभार पार्टीलाई बलियो र सुदृढिकरणमा लाग्नुपर्नेमा जोड दिए ।
पछिल्लो गठबन्धन षड्यन्त्रपुर्वक निर्माण गरिएकोले यसको आयु लामो नभएको समेत पाण्डेको टिप्पणी थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar