काठमाडौं– ओमानमा चलिरहेको एसिसी प्रिमियर कपमा नेपालले साउदी अरबलाई ६ विकेटले हराएको छ । यो जितसँगै नेपाल समूह विजेता बनेको छ ।
पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो । ७४ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो ।
नेपालका लागि गुल्सन झाले अविजित २८ र कप्तान रोहित पौडेलले १६ रन बनाए । साउदीका इस्तिक अहमदले दुई विकेट लिए ।
समूह चरणमा नेपालले चारवटै खेल जितेर अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । आजको नेपालको जीतले हङकङ पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा पुग्न आज साउदीले नेपाललाई हराउनैपर्ने थियो तर साउदी नेपालसँग हार्दा हहङकङ सेमिफाइनलमा पुगेको हो ।
सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar