काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारले जनताको पक्षमा काम नगरे संसद् अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पाण्डेले निर्वाचनमा आफूहरुलाई अमूल्य मत दिएर पठाएका जनतालाई सेवा र सुविधा दिन सरकारले बेवास्ता गरेको भन्दै
जनताको पक्षमा काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सहकारी ठगीको विषयमा प्रमुख प्रतिपक्षीले केही दिनदेखि संसद् अवरोध गरिरहेको छ । उनीहरूको मागमा सरकारले विशेष ध्यान दिनु जरुरी छ’, उनले भने । बजेटमा भएका सेवा सुविधा राष्ट्रसेवकहरूले उपयोग गर्ने तर जनतालाई सेवा सुविधा नदिने विषयमा पाण्डेले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
‘चालु आर्थिक वर्षको बजेटबाट सेना, प्रहरी, न्यायाधीश, प्रशासक सबैले सुविधा लिइरहेका छन् । तर हामीलाई अमूल्य मत दिएर पठाएका जनतालाई सेवा र सुविधा दिन सरकारले मानिरहेको छैन । सात दिनभित्र जताको पक्षमा सरकारले काम नगरे संसद्मा अवरोध गर्छौँ’, सभामुखमार्फत पाण्डेले सरकारको ध्यानाकर्षण गराए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar