काठमाडौं– काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा रहेको छ ।
केही समय यता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । स्विट्जरल्याण्डको आईक्यूएयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छ ।
सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । विश्वमै सबैभन्दा प्रदूषित नयाँदिल्लीको एक्युआई २४४ छ । यो अत्यन्तै अस्वस्थकर वायुको अवस्था हो । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar