काठमाडौं– गरिब घरपरिवार गणना अन्तर्गत अन्तिम पालिकाको रुपमा काठमाडौं महानगरपालिकामा गणना सुरु भएको छ । काठमाडौं महानगरमा आजदेखि गरिब घरपरिवार गणना सुरु भएको हो ।
यसअघि सात सय ५२ वटा पालिकामा गणना भइसकेको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार २०७० सालदेखि गणना सुरु भएको हो ।
सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको र १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गणेशप्रसाद भट्टले जानकारी दिए ।
महानगरले गणना सकेपछि बाँकी १३ जिल्लामा पनि परिचयपत्र बाँड्ने कार्यक्रम सुरु गर्ने उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar