गोरखा – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनैतिक ठहर गर्दै सांसद पदबाटै राजिनामा दिनुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले बिहीबार गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै, प्रचण्डले प्रधानमन्त्री पद र प्रतिनिधिसभा सदस्यबाट पनि राजीनामा दिनुपर्ने बताएका हन् । ‘प्रचण्डले जुन गठबन्धनबाट चुनाव लड्नुभयो त्यसलाई अर्काे निर्वाचनभन्दा पहिले छाड्नु राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुदैन’, बिहीबार गोरखामा पत्रकारहरुसँग उनले भने, ‘उहाँले पूर्वगठबन्धनलाई परिवर्तन गर्ने हो भने जसको सहयोगमा निर्वाचन जित्नुभएको छ उनीहरुलाई धोका दिएको ठहर्छ । त्यस्तो स्थितिमा उहाँले जितेको निर्वाचन क्षेत्रबाट राजीनामा दिएर नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ ।’
गोरखा – २ बाबुराम भट्टराईले २०६४ र २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्र हो । प्रचण्डको राजनीति विचार र मुद्दाका लागि भन्दा पनि विशुद्ध सत्ता स्वार्थको लागि भएको उनले बताए । विगतमा पार्टीभित्रको सत्तामुखी रहेका प्रचण्ड अहिले राज्यको सत्तामुखी बनेको उनको आरोप छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar