काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग भेटघाट गरेको खुलेको छ ।
बिहिवार, गृहमन्त्री लामिछानेले मेयर बालेनलाई कार्यकक्षमा बोलाएर भेटेको खुलेको छ । बुधबार दिउँसो महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा मारेको थियो । सोही समयमा गृहमन्त्री लामिछानेले मेयर बालेनलाई कार्यकक्षमा बोलाएर भेटेपछी अहिले उक्त विषय सर्वत्र चासोको विषय बनेको छ ।
उता मेयर बालेनको सचिवालयले गृहमन्त्री लामिछानेसँग समसामयिक विषयमा भेट गरेको जनाएको छ । सहकारी विभागमार्फत निकिता पौडेल उपाध्यक्ष रहेको सहकारीको अनुगमन र मेयर सावको गृहमनत्रीसंगको हिजोको भेटघाट संयोग मात्रै भएको सचिवालयमा कार्यरत् ति सदस्यले बताए ।
बुधबार दिउँसो महानगरपालिकाको सहकारी विभागले, गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेल निवर्तमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको थियो । अनुगमनमा २०७६/७८ मा निकिता पौडेल उपाध्यक्ष रहँदा उक्त सहकारीको महत्वपूर्ण कागजात गायव पारिएको खुलेको थियो ।
बचतकर्ताको उजुरीका आधारमा सहकारीमा बुधबार महानगरपालिकाको सहकारी विभागका कर्मचारी, महानगर प्रहरी सहितको टोलीले छापा मारी त्यहाँबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण, सञ्चालक समितिका सदस्यहरूको विवरण र सहकारीको सफ्टवेयर सिस्टम जफत गरी लगेको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar