काठमाडौं– आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्ड र कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।
संसदीय बोर्डको बैठक दिउँसो २ बजे र कार्य सम्पादन समितिको बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदीय बोर्डको बैठकले गरेको निर्णय कार्य सम्पादन समितिको बैठकले अनुमोदन गर्ने छ ।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि र बझाङको क्षेत्र नम्बर १ (१)मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाएर प्रचार प्रसार सुरु गरिसके पनि नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar