काठमाडौं – नेकपा एकीकृत समाजवादीले अन्ततः बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने सहमति भएपछी बागमतीमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री जम्कट्टेलले आजै विश्वासको मत लिने कार्यसूची रहेको छ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशसभाका संसदीय दलका नेता कृष्णप्रसाद खनालले आफ्नो पार्टीले मुख्यमन्त्रीलाई मत दिने जानकारी दिए । ‘बागमती प्रदेशमा हामीले विश्वासको मत दिने र हामीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने सहमति भएको छ,’ खनालले भने ।
कांग्रेसले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको थियो । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका हुन् ।
सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar