काठमाडौं– आउँदो आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट मस्यौदा लेख्ने काम सुरु भएको छ । अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव समेत मागेको छ ।
वैशाख मसान्तभित्र सुझाव पठाउन मन्त्रालयले विभिन्न सङ्घ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आग्रह गरेको हो ।
मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर सुझाव दिन सकिन्छ । बजेट मस्यौदा लेखनको काम शुरु भएको र मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रीत हुनुपर्ने भएकाले अत्यावश्यकबाहेक भेटघाटमा नआइदिन पनि मन्त्रालयले आग्रह गरेको छ ।
हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar