हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धमा के गर्ने भन्नेबारे राप्रपाले हालसम्म ठोस निर्णय नभएको जनाएको छ ।
‘मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धमा राप्रपाको भुमिका के हुन्छ?’ भन्ने प्रश्नमा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धमा हालसम्म ठोस निर्णय नभएको प्रतिक्रिया दिएका हुन् । “यतिबेला हामी सरकार बीरुद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गर्देछम् । एस्तोबेला हामी सत्ता र सरकार दुवैमा सामेल हुदैंनम् । अनौपचारिक बैठकमा पनि हामीले अहिलेको परिस्थीतीमा सरकारलाई समर्थन नगर्ने भनी निर्णय गरेका छौं । अवमुख्यमन्त्री जम्कट्टेल जी लाई विश्वासको मत दिने नदिनेबारे ठोस निर्णय नै भएको त छैन । तर हाम्रा बहुसंख्यक माननियहरुले पनि विश्वासको मत नदिने भन्नेमै रहेकाले नदिन सक्छौं । यद्धपी त्यतिबेला सम्मको परिस्थीती भने कस्तो हुन्छ हेरौं” , उनले भने ।
थापाको अनुसार जम्कट्टेलको विश्वासको मत सम्बन्धमा राप्रपाले संसद्को परिस्थिति अनुसार निर्णय गर्ने जनाए । संसद्मा उत्पन्न परिस्थिति अनुसार आवश्यक निर्णय गर्ने उनले बताए । राप्रपा सत्तामा रहनेभन्दा पनि नागरिकको आवश्यकताका विषयमा गम्भीर भएर आन्दोलनमा जाने तयारीमा रहेको नेता थापाको भनाई छ।
सत्तापक्षमा रहने, मन्त्री लिने र सरकारमा जाने मुडमा राप्रपा नरहेको उनले बताए । राप्रपा ४० बुँदे मागसहित नागरिकको सेवा र आवश्यकताका आधारमा आन्दोलन गर्ने तयारी गरिरहेको थापाको भनाई छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar