विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको पर्यटन विकास आयोजनामा आफ्नी सालीलाई कम्प्युटर अपरेटर पदमा ठाडो नियुक्ति दिलाएको खुलाशा भएको छ ।
गत २७ असोजमा मुख्यमन्त्री भएका कार्कीले गत पुसमा साली शोभा बस्नेतलाई नियुक्ति गरेको खुलेको हो । कोशी प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजना पर्दछ । सो मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता गणेश उप्रेतीले सम्हालिरहेका छन् ।
उता मन्त्री उप्रेतीले कर्मचारी नियुक्तिको भ्याकेन्सी खोल्ने तयारी गरिरहेका बेला मुख्यमन्त्री कार्कीले आयोजना प्रमुख कुलदीप यादवलाई नियुक्तिका लागि आफ्नी सालीको नियुक्तीका लागी ठाडो निर्देशन दिएका थिए । मुख्यमन्त्रीको ठाडो निर्देशनपछि यादवले बस्नेतलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेको खुलेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar