काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशका कृषी मन्त्री डा.राजेन्द्रमान श्रेष्ठले एथास्थीतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मतदान नगर्ने बताएका छन् ।
आईतबार, संसदिय दलको बैठक पछी शुभयुगसंग कुरा गर्दै डा.श्रेष्ठले एथास्थीतीमा प्रदेश मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने जानकारी दिए । डा.श्रेष्ठका अनुसार अहिलेकै अवस्थामा प्रदेश मुख्यमन्त्री जम्कट्टेललाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने छैन । पार्टीको संसदीय दलको बैठकमा अहिलेको स्थितिलाई मध्यनजर गर्दै मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा रहने अवस्था नरहेको पनि उनले जानकारी दिए ।
मन्त्री डा.श्रेष्ठले प्रदेश सरकारको व्यवहार, गठबन्धन घटक दलप्रतिको धारणामा गम्भीर छलफल नभएसम्म विश्वासको मत दिन नहुने सांसदहरूको धारणा रहेको बताए । राजनीतिक भागबण्डा, पावर सेयरिङ्ग लगायतका विषयमा सरकारको ठोस निष्कर्ष नआएसम्म अघि बढ्न नसकिने पनि उनको भनाइ छ ।
विगतको व्यवहार, हैसियत र दलको पोजिसनका बारेमा छलफल गरेरमात्र विश्वासको मतबारे सोच बनाउने कुरा संसदीय दलको बैठकमा उठेको श्रेष्ठले बताए । प्रदेश सरकारको नेतृत्व दाबी गरिरहेको सत्ता साझेदार दललाई कम आकलन गरेर सरकार अघि बढिरहेको र केन्द्रमा सरकारको नेतृत्वको विषयमा निर्णय नभएकाले विश्वासको मत सम्बन्धमा अघि बढ्न नसक्ने उनले बताए ।
राजनीतिक रुपमा सरकारबाट ठोस सहमतिको प्रस्ताव आएमा फरक ढङ्गबाट अघि बढ्न सक्ने उनको भनाइ थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar