काठमाडौं । प्रदेश सरकार भागबन्डाको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई एमाले र माओवादी केन्द्रले सत्ता प्राप्तिको भर्याङ मात्र बनाउन खोजिएको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने अडान लिएपछी बैठक अनिर्णीत बनेको हो ।
नेपालले सात प्रदेशमध्ये एकमा नेतृत्व दिनुपर्ने, सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भागबण्डा हुनुपर्ने र आफूलाई बाइपास गरेर यसअघि गरेका निर्णयप्रति पश्चाताप गर्नुपर्ने अडान राखेका छन् । एकीकृत समाजवादी सत्ता प्राप्तिको भर्याङ नबन्ने, सात प्रदेशमध्ये एक प्रदेश एकीकृत समाजवादीले पाउनुपर्ने, सबै राजनीतिक नियुक्तीमा सम्मानजनक सहभागिता हुनुपर्ने र यसअघि भएका निर्णयमा एमाले र माओवादीले पनि पश्चाताप गर्नुपर्ने नेपालको अडान छ । यद्धपी यथास्थितिमा विश्वासका मत दिन नसक्ने नेपालले अडान राखेको नेपाल निकट श्रोतले बतायो ।
बैठकमा कडा रूपमा प्रस्तुत भएका नेपालले बागमतीसहित सबै ठाउँमा एकीकृत समाजवादीको पोजिसन क्लियर हुनुपर्ने अडान राखेको पनि श्रोतले बताएको छ ।
शीर्ष बैठक बिनानिष्कर्ष टुङ्गिएपछि सोमबार विश्वासको मत लिने तयारी गरेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल यतिवेला अप्ठ्यारोमा परेका छन् । सोमबारसम्म एकीकृत समाजवादीसँग सहमति नभएमा बागमतीसहित अन्य प्रदेश सरकार पनि प्रभावित हुने अवस्था देखिन्छ ।
उता एकीकृत समाजवादीको प्रदेश संसदीय दलको बैठकले पनि यथास्थितिमा मुख्यमन्त्री जम्मकेट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । दलका नेता कृष्णप्रसाद खनालले पाँच दलीय गठबन्धन राजनीतिक गठबन्धन नभएको भन्दै अहिलेकै अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन् ।
उता, गत चैत १५ गते हाम्रो नेपाली पार्टीलाई सत्ता गठबन्धनमा सामेल गराउँदा भएको सहमतीमा मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेका राजेन्द्रमान श्रेष्ठलाई हस्ताक्षर गरेका थिए । त्यतिबेला तीन दलबाट संसदीय दलका नेताको हस्ताक्षर रहँदा एकीकृत समाजवादीबाट भने मन्त्रीको मात्रै हस्ताक्षर भएको भन्दै एकीकृत समाजवादीले गठबन्धनप्रति आपत्ती जनाँउदै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar