काठमाडौं – हिजो चैत्र १६ गते शुक्रवार गोरखा नगरपालिका – ७ का ३९ वर्षीय शंकर रोकायाको उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।
शंकरको निधनपछी पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्न उनका परिवार र आफन्तहरु काठमाडौं आएका थिए । शुक्रवार साँझ शंकरको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरी उनका आफन्तहरु गेरखा स्थीत् घर फर्कँदै थिए । उनिहरु घर फर्कनका लागी एउटा माइक्रो बस र तीन वटा ट्याक्सी रिजर्भ गरेर आज शनिवार विहानै गाउँ फर्कँदै थिए ।
विहान करिव ७ः३० बजेतिर माइक्रो बस र २ वटा ट्याक्सी मुग्लीन पुगीसकेको थियो । तर शंकरको परिवार सवार बा २ ज ४१९६ नम्बरको ट्याक्सी भने करिव आधा घण्टासम्म मुग्लीन आईपुगेन । संगसंगै रहेको उक्त ट्याक्सी आधा घण्टासम्म नआएको र त्यसमा सवार कोही कसैको मोवाईलमा टेलिफोन सम्पर्क नभएपछी माइक्रो बसमा सवार शंकरका आफन्तले ईलाका प्रहरी कार्यालय मुग्लीनमा राजमार्गको अवस्थावारे बुझ्न टेलिफोन गरे ।
त्यसपछी प्रहरीले बुझ्दा चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकको नाग्दी पुल नजिकै कुनै दुर्घटना भएको जस्तो अनुमान गरे । त्यसपछी ति माइक्रो बस र अन्य २ वटा ट्याक्सी पनि त्यतै मोडीयो । प्रहरीले अनुमान लगाएको ठाँउको सडक छेउमा रहेको डिभाईडरको आधा भत्किएको अवस्थामा थियो भने रोड छेउबाट नदीसम्म घस्रीएको र बुट्यानहरु मडारिएको अवस्था थियो ।
त्यतिबेलासम्म दुर्घटनाको खवर सुनेपछी कुरिनटार र मुग्लीन आसपासका स्थानियहरु, ईलाका प्रहरी कार्यालय मुग्लीन, सशस्त्र प्रहरी कुरिन्टारको टोलीपनि उपस्थित भैसकेका थिए । उनिहरु तल नदीसम्म पुग्दा ट्याक्सी जस्तो देखिने एउटा गाडी सडकबाट करिब ५० मिटर तल त्रिशुली नदीमा डुबिरहेको थियो, भने ट्याक्सीको ९० प्रतिशतभन्दा बढी भाग नदीमा डुबेको अवस्थामा थियो ।
अन्ततः मृतक शंकरको परिवार सवार बा २ ज ४१९६ नम्बरको ट्याक्सी दुर्घटना भएको पुष्टी भयो । प्रहरीका अनुसार काठमाडौंबाट गोरखा जाँदै गरेको उक्त ट्याक्सी आज बिहान ७ बजे त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालका अनुसार ट्याक्सीमा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनमाया रोकाय, २८ वर्षीया अन्जना रोकाय,९ वर्षीय आगमन नगरकोटी र १८ वर्षीय दिवस रोकाय सवार थिए । रिमालका अनुसार दिवसबाहेक सबै मृत अवस्थामा नदीबाट निकालेको हो । दिवस भने अझै बेपत्ता छन् । उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिन्टारबाट गोताखोरको टोली परिचालन गरिएको छ । मृतकहरू एउटै परिवारका रहेको पनि एसपी रिमालले बताए ।
उता गोरखा नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार गोरखा नगरपालिका–७ का ३९ वर्षीय शंकर रोकायाको शुक्रबार उपचारका क्रममा काठमाडौंमा निधन भएको र शंकरको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरी उनका आफन्त घर फर्कँदैँ गर्दा दुर्घटनामा परेका हुन् । “दुर्घटनामा परी मृत्यु भएका ७० वर्षीय जुनमाया रोकाय शंकरकी आमा हुन् । छोराको निधन भएपछि काठमाडौं पुगेकी थिइन् । हरिमाया र अन्जना उनकी छोरी हुन् । छोरा दिवश सोहि दुर्घटनामा परि अहिलेसम्म बेपत्ता छन् ।” वडाध्यक्ष श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार ट्याक्सी चालक जुनमायाका ज्वाँई हुन् भने ९ वर्षीय बालक पनि छोरीपट्टिका नाति हुन् । शुक्रबार शंकरको दाहसंस्कारका लागि परिवारका अन्य सदस्य र आफन्तहरू पनि काठमाडौं पुगेको पनि उनले बताए । ‘एउटा माइक्रो बस र तीन वटा ट्याक्सी रिजर्भ गरेर उनीहरू गाउँ फर्कँदै रहेछन् । तीन वटा मध्येको एटा ट्याक्सी त्रिशुलीमा खसेछ,’ वडाध्यक्ष श्रेष्ठले भने । उनका अनुसार शंकरका श्रीमती भने अर्कै गाडीमा बसेकी थिईन् ।
ट्याक्सी तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘ट्याक्सी रङ साइडबाट खसेको छ, अहिलेसम्म तीव्र गतिकै कारण दुर्घटना भएको हो भन्ने अनुमान छ । हामी अनुसन्धान गर्दै छौं,’ चितवनका एसपी भावेश रिमालले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar