हेटौंडा – बागमती प्रदेशमा जगन्नाथ जेएन् थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने भएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जेएन् थपलियालाई समेटेर आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको जम्कट्टेलले निकट श्रोतले बताएको छ । श्रोतका अनुसार आज एमालेबाट जेएन् थपलियालाई मात्र मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो ।
थपलियालाई मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिनेछन् । स्रोतका अनुसार थपलियाको पद तथा गोपनीयताको शपथ आजै बेलुकी ५ बजे प्रदेश प्रमुख कार्यालयमा हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar