काठमाडौं– जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । उनी आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् ।
बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar