काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केही नभएको बताएका छन् ।
बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केही नभएको बताएका छन् । उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताए ।
‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन’, उनले भने, सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन ।’
गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउँदै आफुमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar