काठमाडौं– तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते भएका छन् । म्याग्दे ६ शेराटारमा काठमाडौं जाँदै गरेको बा १ प ११३९ नम्बरको बस पल्टिएको हो ।
बसमा २६ जना यात्रु सवार थिए । घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौछायो लि छन् ।
उनीहरुको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar