काठमाडौं – नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्तापछि सञ्चारकर्मीहरुसंगको कुराकानीमा ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । सञ्चारकर्मीहरुसंगको कुराकानीमा ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा राम्रो कुराकानी भएको बताए ।
‘समसामयिक विषयमा प्रधानमन्त्रीजीसँग राम्रो कुराकानी भयो’, ओलीले छोटकरीमा जवाफ दिए । त्यसै क्रममा एमाले समाजवादी मोर्चामा सहभागी हुने हो रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले ‘होइनु भन्ने जवाफ दिए ।
शुक्रबार बिहान समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar