काठमाडौं– प्रभु बैंकको करिब साढे ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ४७ हजार १२५ कित्ता सेयर बिक्रीमा राखिएको छ ।
बिक्रीमा राखिएको सेयरमा हाललाई प्रभु बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । यसका लागि ३५ दिनको म्याद दिइएको छ ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar