• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ५, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

२ घण्टा अघि
२

गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

४ घण्टा अघि
३

एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा

५ घण्टा अघि
४

गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा

७ घण्टा अघि
५

बाइडनलाई प्रोस्टेट क्यान्सर

७ घण्टा अघि
६

युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश

७ घण्टा अघि
७

भक्तपुरमा बागमती प्रदेस स्तरिय कराते प्रतियोगिता हुँदै 

७ घण्टा अघि
८

४८.६ प्रतिशतले घट्याे नेपाल टेलिकमको नाफा

७ घण्टा अघि
९

अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ

८ घण्टा अघि
१०

हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न

८ घण्टा अघि
११

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने

८ घण्टा अघि
१२

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

८ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ४ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ दिन अघि
  • prev
    next

    ‘मिलीजुली र भागबण्डा’को स्वाद चाख्दै रास्वपा

    न्युज डेस्कप्रकाशित मिति: २०८० चैत्र ९, शुक्रबार (१ साल अघि)
  • ५८५ पाठक संख्या
  • rabi lamichhane best photo

    काठमाडौं – बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सत्ता साझेदार विभिन्न पार्टीका ४ जना नेता तथा कार्यकर्तालाई राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

    सत्तामा सहभागी दलहरूको आकारका आधारमा योजना आयोगको सदस्य भागबन्डा गरिएको छ । २ साताअघि सत्ता समीकरण परिवर्तनसँगै आयोगका ४ सदस्य पद रिक्त थिए । यी रिक्त पदमा नेकपा एमालेको कोटामा संगीता सिंह, कुसेन्द्रबहादुर महत र शिवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोटामा केन्द्रीय सदस्य अरनिको पाँडेलाई नियुक्त गर्ने निर्णय गरिएको छ । नयाँ सत्ता समीकरण बन्नुअघि माओवादी कोटाबाट नियुक्त भएका उपाध्यक्षलगायत ४ जना यथावत् छन् ।

    प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष र ७ जना सदस्य नेपाल सरकारद्वारा नियुक्त हुने प्रावधान छ भने नेपाल सरकारका मुख्य सचिव, अर्थ मन्त्रालयका सचिव र योजना आयोगको सचिवालयका सचिव पदेन सदस्य हुने प्रावधान छ । राष्ट्रिय योजना आयोगमा ७ वटा महाशाखाको व्यवस्था गरिएको छ । हरेक महाशाखामा सहसचिवको नेतृत्वमा १४/१४ जनाको दरले अधिकृत स्तरभन्दा माथिका कर्मचारी रहने व्यवस्था छ ।

    यसैगरी राजपत्र अनंकित तथा सहायक स्तरका कर्मचारीहरूको संख्या पनि निकै ठुलो छ । सरकारले राष्ट्रिय योजना आयोगका पदाधिकारी तथा कर्मचारीका लागि तलव भत्तामा मात्रै वार्षिक करिब १५ करोड रुपैयाँ खर्च गर्ने गरेको छ । केही वर्षअघि गठन गरिएको सार्वजनिक खर्च पुनरावलोकन आयोगले राष्ट्रिय योजना आयोग देशका लागि ‘सेतो हात्ती’ सरह भएको भन्दै खारेज गर्नुपर्ने सुझाव दिएको थियो । विकल्पमा प्रधानमन्त्रीको कार्यालय मातहत रहने गरी छरितो आकारको योजना महाशाखा स्थापना गरे पुग्ने सुझाव उसको थियो ।

    तर, यो सुझाव कार्यान्वयन हुन सकिरहेको छैन । उपाध्यक्ष तथा सदस्य पदमा नियुक्ति गरेर आफ्ना कार्यकर्ता व्यवस्थापन गर्ने हुटहुटी सरकारमा जाने सबैमा देखिएको छ । यसैगरी आफ्नो व्यक्तिगत तथा पार्टीगत इसारामा नचल्ने कर्मचारीलाई प्रतिशोध लिनका लागि ‘थान्को’ लगाउने निकायका रूपमा पनि राष्ट्रिय योजना आयोगको दुरुपयोग गर्ने गरिएको छ ।

    यो मामलामा कुनै पनि पार्टीका सरकारहरू पानी माथिका ओभाना छैनन् । राज्य संयन्त्रमा हदैसम्म दलीयकरण गरियो भन्ने आरोप साविकका दलहरूलाई लगाउँदै उदाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि राष्ट्रिय योजना आयोगको दुरुपयोगमा सामेल भएको छ । अरनिको पाँडे रास्वपाका केन्द्रीय सदस्य मात्रै नभएर सभापति लामिछानेको ‘कोर टिम’का हर्ताकर्तासमेत हुन् ।

    १ वर्ष पुग्दानपुग्दै सत्ता समीकरण परिवर्तन हुने र सत्ता समीकरण परिवर्तनसँगै पदाधिकारी पनि परिवर्तन हुने भएका कारण वास्तविक र सक्कली विज्ञहरू योजना आयोगमा नियुक्त हुनै नचाहने अवस्था छ ।

    अर्कातिर मन्त्रालयहरूले राष्ट्रिय योजना आयोगको सुझावलाई घर्रामा थन्क्याएर आफैँले योजना बनाउने गरेका छन् । हरेक मन्त्रालयमा योजना महाशाखा रहने भएकाले राष्ट्रिय योजना आयोग हात्तीको देखाउने दाँत जस्तै बनेको छ ।

  • subhayug
  • मन्त्रिपरिषद् बैठक
  • राष्ट्रिय योजना आयोग
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • रास्वपा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

  • गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

  • एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा

  • गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा


  • समाचार
  • १

    महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश
    २ घण्टा अघि

  • २

    गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन
    ४ घण्टा अघि

  • ३

    एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा
    ५ घण्टा अघि

  • ४

    गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा
    ७ घण्टा अघि

  • ५

    बाइडनलाई प्रोस्टेट क्यान्सर
    ७ घण्टा अघि

  • ६

    युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश
    ७ घण्टा अघि

  • ७

    भक्तपुरमा बागमती प्रदेस स्तरिय कराते प्रतियोगिता हुँदै 
    ७ घण्टा अघि

  • ८

    ४८.६ प्रतिशतले घट्याे नेपाल टेलिकमको नाफा
    ७ घण्टा अघि

  • ९

    अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ
    ८ घण्टा अघि

  • १०

    हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न
    ८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    १० घण्टा अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    २

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    ४

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution