जनकपुर – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अर्का उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध लागेको आरोपमाथि पनि छानबिन भइरहेको सूचना दिएका छन् ।
बिहिवार जनकपुर विमानस्थलमा संचारकर्मीहरुसंग बोल्दै महासेठले गृहमन्त्री लामिछानेविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोप लागेकाले उनीमाथी पनि छानबिन जारी रहेको सूचना दिएका हुन् । उनले छानबिनको क्रममा दोषी देखिए लामिछाने आफैं सरकारबाट बाहिरिने पनि बताए । छानबिन जारी रहेको उल्लेख गर्दै महासेठले भने, ‘दोषी देखिएको अवस्थामा सरकारबाट बाहिर जानै पर्छ, कुनै चान्स छैन ।’
नेपाली काँग्रेसले संसदमा निरन्तर गृहमन्त्रीको राजीनामाको माग राखेर बैठक अवरुद्ध गरिरहेकाले यो मुद्धा त्यसै ढिसमिस नहुने पनि महासेठले बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar