धादिङ – धादिङको सिद्धलेक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा.चक्र वलीमाथि दुर्व्यवहार खुलाशा भएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. वलीमाथि नेपाली काँग्रेस सिद्धलेकका पालिका सभापति रामशरण गिरीले उनकै कार्यकक्षमा दुर्व्यवहार गरेको खुलाशा भएको हो । घटना मंगलवार साँझ भएपनि गुपचुप राखिएको थियो ।
गिरीले वलीको कार्यकक्षमा पुगेर फाइलमा तुरुन्त तोक लगाउन निर्देशन दिएको तर, उनले नमानेपछि ठूलो विवाद भएको र सोहि क्रममा ‘तेरो टाउको फुटाइदिन्छु, तँ कसरी डाक्टर भइस्’,‘तँ झोला बोकेर गइहाल यहाँबाट’, लगायत अपशब्द बोलेर गालीगलौज गरेको बताईएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले पालिकास्तरको सर्वदलीय बैठक बोलाएका थिए । दिउँसोदेखी शुरु भएको बैठक साँझ ७ बजेसम्म चलेको थियो । बैठक सकियपछी गिरीबाट डा.वलीमाथि दुर्व्यवहार भएको बताईएको छ ।
घटनापछि नेकपा माओवादी केन्द्रको सिद्धलेक गाउँपालिका कमिटीका अध्यक्ष पुष्प थपलियाले विज्ञप्ति जारी गरेका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत वलीमाथि भएको दुर्व्यवहारप्रति विरोध जनाएका छन् । थपलियाले कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टी गर्न, घटना नदोहोरिने सुनिश्चितता गर्न र घटनाको सिसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् । जनआस्थामा समाचार प्रकाशित् भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar