काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ ।
भोली बुधबार दिउँसो दुई बजे पार्टी कार्यालय आलोकनगरमा बैठक बोलाइएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार इलाम – २ को प्रतिनिधि सभाको उपनिर्वाचन र बझाङ – १ को प्रदेश सभाको निर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा सत्ता गठबन्धन, गठबन्धनले अघि सारेको न्यूनतम साझा कार्यक्रमका बारे पनि छलफल हुने उनले जानकारी दिए।
इलाम–२ को प्रतिनिधि सभा र बझाङ–१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। दुवै निर्वाचन क्षेत्रमा चैत २४ गते उम्मेदवारी दर्ता हुनेछ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar