काठमाडौं– राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । यही चैत १५ गते दिउँसो सवा १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको हो ।
बुधबारको बैठकमा प्रिबजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका थिए भने अनुमगन तथा मूल्यांकनसम्बन्धी विधेयकमा प्रतिनिधिसभाले गरेको संसोधनमा सर्वसम्मति जनाएको छ ।
साथै बैठकले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सातजनाको नाम मनोनयन गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar