काठमाडौं– गुल्मीमा मदन भण्डारी राजमार्ग खडकखण्ड अन्तर्गत रिडी–तम्घास सडकखण्ड आजदेखि तीन सातासम्म बन्द हुने भएको छ ।
आजदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र राति पनि १० बजेदेखि ४ बजेसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयकी इन्जिनियर एवम् सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिइन् ।
कार्यालयले सार्वजनिक सूचना निकालेर रिडी–तम्घास खण्डमा सडक विस्तारको काम भैरहेको र अबको तीन साता वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको हो । सडक निर्माणको क्रममा पहरो फोर्ने, सडक चौडा पार्ने, ग्रेड मिलाउनेलगायतका काम हुने आयोजनाले जनाएको छ ।
रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माणको काम भैरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar