काठमाडौं – सत्ता पक्ष र विपक्ष दुवैसँग प्रस्ट बहुमत नभएको बागमती प्रदेश सभामा प्रदेश सरकार जोगाउन र ढाल्न यतिबेला दुवै समुहले अङ्कगणितीय खेल सुरु गरेका छन् ।
शालिकराम जम्कट्टेल नेतृत्वको अहिलेको सत्ता पक्षलाई बहुमत जुटाउन कठिन भइरहेको परिस्थितिमा विपक्षी कित्तामा रहेको नेपाली कांग्रेसले पनि आफ्नै पक्षमा सरकार गठनका लागि पहल थालेको हो ।
केन्द्रीय तहमा गत फागुन २० मा सत्ता समीकरण बदलिएसँगै बागमतीको सरकारबाट कांग्रेस बाहिरिईसकेको छ । अहिले प्रतिपक्षमा रहेको कांग्रेस यतिबेला मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत पुग्न नदिन आफ्नो व्यापक सक्रियता बढाइरहेको छ । मुख्यमन्त्रीको विश्वासको मत फेल गराएर सत्ता गठबन्धनबाट सरकारको नेतृत्व लिने रणनीति अनुरुप कांग्रेस अघि बढेको छ ।
कांग्रेस आफ्नो रणनीति अनुरुप वर्तमान सरकार ढाल्ने योजनामा अघि बढेको देखिन्छ । उसले जम्कट्टेल नेतृत्वको अहिलेको सरकारले विश्वासको मत लिन नसकेको अवस्थामा आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने योजना बनाएको देखिन्छ । सोही अनुसार कांग्रेसले गत फागुन २३ गते सरकारप्रतिको समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीलाई विश्वासको मत लिनुपर्ने अवस्थामा धकेलेको छ । कांग्रेसले समर्थन फिर्ता लिएको मितिले ३० दिन अर्थात् चैत २२ गतेसम्म मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा १८८ को २ बमोजिम संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
उक्त बाध्यात्मक परिस्थिति र सत्ता गठबन्धनमा प्रदेश सरकारको नेतृत्वको भागबण्डा टुङ्गिन नसकिरहेको अवस्थामा सरकार गठनमा कांग्रेस सक्रिय बनेको हो । कांग्रेसले सत्ता गठबन्धनलाई असफल बनाएर सरकारको नेतृत्व लिने गरी दलहरूसँग छलफल र भेटघाटमा जुटेको छ ।
संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका जम्कट्टेललाई सत्ताच्युत गर्ने रणनीतिमा कांग्रेस अघि बढिरहेको छ । कांग्रेस अहिलेको सत्ता गठबन्धनको सरकार गिराएर संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको सरकार गठनका लागि पहल गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेसले सत्ता गठबन्धनमा रहेको नेपाल समाजवादी पार्टीका नेता तथा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन जितेका गंगानारायण श्रेष्ठलाई र २ सांसदसहित संसदमा प्रतिनिधित्व गरेको हाम्रो नेपाली पार्टीलाई पनि आफु नेतृत्वको सरकारमा सामेल गराउने तयारी गरेको छ ।
यद्धपी सो पार्टीले कुनै पनि गठबन्धनमा सामेल नहुने प्रस्ट पारिसकेको छ । सो पार्टीले मुख्यमन्त्रीमा दाबी गर्दै सरकार गठनका लागि पहल गर्ने रणनीति बनाएको छ । राजनीतिक तहमा कांग्रेसले नै हाम्रो नेपाली पार्टीलाई सत्ता गठबन्धन विरुद्ध प्रयोग गरेको चर्चा छ ।
उता राप्रपाले पनि कांग्रेससँगको गठबन्धनलाई साथ दिनसक्ने अवस्था देखिएको छ । माओवादी केन्द्र र एमालेसँगको सत्ता गठबन्धनमा आवद्ध रहेको राप्रपाले यस पटक कांग्रेससँगको गठबन्धनलाई साथ दिनसक्ने अवस्था बनेको अहिले चर्चा चलेको छ ।
बागमती प्रदेशमा एमाले र माओवादी केन्द्रसँग राप्रपाको सौहार्द्रपूर्ण सम्बन्ध छैन । माओवादी केन्द्रका
मुख्यमन्त्री जम्कट्टेलसँग राप्रपाका सांसदहरू रुष्ट छन् । बजेटमाथिको विभेदका विषयमा राप्रपाका सांसदहरू जम्कट्टेलसँग रुष्ट बनेका छन् । जसले गर्दा राप्रपाले एमाले र माओवादी केन्द्रसँग दुरी बढाएको छ ।
त्यसैले पनि सत्ता गठबन्धन दलसँग टाढिएको राप्रपाको झुकाव कांग्रेसतर्फ देखिन्छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले आइतबारमात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा नेता थापाले कांग्रेससँग सत्ता साझेदारी गर्न राप्रपा सकारात्मक रहेको र केन्द्रीय तहमा छलफल अघि बढाउन आग्रह गरेको बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar