• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १५, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

१ दिन अघि
२

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

२ दिन अघि
३

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

२ दिन अघि
४

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

२ दिन अघि
५

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

२ दिन अघि
६

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

२ दिन अघि
७

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

२ दिन अघि
८

युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

३ दिन अघि
९

जाजरकोटमा भूकम्पको धक्का महसुस

३ दिन अघि
१०

सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

३ दिन अघि
११

पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस

३ दिन अघि
१२

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता घोषणा हुँदै

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • Prakash Jwala news १

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ४ हफ्ता अघि
  • rajendra sir photo २

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ३

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • United Cement ४

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ दिन अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ४ हफ्ता अघि
  • gagan dai ६

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ४ हफ्ता अघि
  • hariharpur gadhi ७

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ४ दिन अघि
  • anema sangh ९

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ दिन अघि
  • prev
    next

    यी हुन् गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेसले संसदमा पेस गरेको चार प्रमाण

    न्युज डेस्कप्रकाशित मिति: २०८० चैत्र ६, मंगलबार (१ साल अघि)
  • ७६४ पाठक संख्या
  • rabi dada.jpg

    काठमाडौं – सहकारी संस्थामा सदस्य नै नभई गैरकानुनी तवरले कर्जा लिएको र आर्थिक अपचलनमा संलग्न भएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा निरन्तर अवरोध गर्दै आएको छ ।

    काँग्रेसले लामिछानेलाई रोस्ट्रममा उभिने वातावरण समेत दिएको छैन भने प्रधानमन्त्रीमार्फत निरन्तर जवाफ माग गरिरहेको छ । काँग्रेसले प्रधानमन्त्रीमार्फत निरन्तर जवाफ माग गरेपछी आज मंगलबार प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्डले संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

    १३ जना सांसदका प्रश्न सामना गरेका प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेबारे दिएको जवाफमा कांग्रेसले चित्त बुझाएको छैन । प्रचण्डले, लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँकतै नजोडिएको भन्दै लामिछानेको बचावट गर्दै उक्त विषयलाई राजनीतिकरण नगर्न आग्रह गरे ।

    एकपटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको विषयमा आधार प्रमाणबिनाको जाहेरी पुनः दर्ता गर्न आवश्यक नहुने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । लामिछानेको बचावट गर्दै प्रचण्डले ‘उजुरी पर्नासाथ राजीनामा दिने हो भने के हुन्छ ?’ भन्दै प्रति प्रश्न पनि गरेका थिए । ‘मुद्दा बुझाइसक्दासम्म उहाँको नाममा उजुरी, निवेदन केही छैन । उजुरी पर्नासाथ राजीनामा दिने हो भने के हुन्छ ? हामी उजुरी दर्ता हुनासाथ राजीनामा दिने सहमति गर्न सक्छौँ ?,’ उनले भने, ’गृहमन्त्रीबाट चाहिँ हटाऊ, मुद्दा प्रभावित हुन्छ भन्न खोजेको हो भने प्रभावित पार्नेले अर्को मन्त्रालयमा बसे पनि पार्ला । सरकारमा बसे मात्रै पनि पार्ला । त्यसैले यो विषयलाई राजनीतीकरण नगरौँ ।’ प्रचण्डले भने ।

    कांग्रेसले गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि प्रधानमन्त्रीले नदेखे संसदीय समिति बनाएर छानबिन गर्न माग गर्दै आएको छ ।

    त्यस्तै प्रधानमन्त्रीमार्फत जवाफ माग्ने क्रममा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेबीरुद्ध संलग्नता पुष्टि हुने चारवटा प्रमाण संसदमा पेस गरेका थिए । उनले प्रधानमन्त्री अँध्यारोमा रहेको भन्दै चिन्ता पनि व्यक्त गरे । ‘यो कुरामा हाम्रो चित्त त बुझेन बुझेन चित्त बुझ्ने ठाउँ पनि पटक्कै भएन । बरु थप चिन्ता जाग्यो । प्रधानमन्त्रीलाई ने गलत जानकारी दिइँदै छ । गलत सूचना प्राप्त हुँदै छ । प्रधानमन्त्रीजी नै अँध्यारोमा हुनुहुन्छ भने यो कुराको निष्पक्ष छानबिन होला ? प्रधानमन्त्रीले भन्नुभयो प्रमाण छैन,’ लेखकले भने ।

    लेखकले लामिछानेबीरुद्ध संलग्नता पुष्टि हुने चारवटा घटनाक्रम प्रमाणको रूपमा प्रस्तुत गरेका छन् ।

    पहिलो प्रमाण : सूर्य दर्शन सहकारीबाट लामिछानेको नाममा  भएको कर्जा फर्छ्योट ।
    ‘पोखरा महानगरपालिकाले सूर्य दर्शन सहकारीबाट गोर्खा नेटवर्क प्रालिको नाममा रवि लामिछानेको नाममा पुलेसो कर्जा नं ११६÷४४५६ खडा गरी खाता गरी पेस्की फर्छ्योट ग¥यो भनेर लेखेको प्रमाण होइन ?,’ लेखकले भने ।

    दोश्रो प्रमाण : लामिछानेबीरुद्ध २०८० माघ २२ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको जाहेरी 

    लेखकले दोस्रो प्रमाण स्वरुप पीडितहरूले २२ माघ २०८० मा जिल्ला प्रशासन कार्यालयमा दिएको जाहेरी पेस गरेका थिए । ‘२०८० माघको २२ गते जाहेरी दर्ता छ । पुरानै जाहेरी दरखास्त भएकाले यसैको निरन्तरता हुन्छ भनेर प्रहरी प्रशासनले त्यसलाई रेकर्डमा राखेको छ । यो पीडितहरूले दिएको जाहेरी दरखास्त प्रमाण होइन ?,’ लेखकले भने ।

    तेश्रो प्रमाण : पोखरामा सहकारीका पीडितहरूसंगको प्रधानमन्त्री प्रचण्डको भेटघाट

    लेखकले तेश्रो प्रमाणको रूपमा प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदा सूर्य दर्शन सहकारीबाट गोर्खा नेटवर्क प्रालिको नाममा रवि लामिछानेको नाममा रवी लामिछानेले ऋण लगानी गरेको भन्दै आन्दोलित भएको र आन्दोलनकै क्रममा प्रधानमन्त्री प्रचण्ड पोखखा आँउदा पीडितहरूले भेटेको कुरालाई पनि प्रमाणको रुपमा पेस गरे ।

    चौथो प्रमाण : प्रधानमन्त्रीको बचावट

    लेखकले चौथो प्रमाणका रुपमा प्रधानमन्त्री प्रचण्डको जवाफलाई पनि पेस गरेका छन् । १३ जना सांसदका प्रश्न सामना गरेका प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेबारे दिएको जवाफमा ‘एकपटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको विषयमा आधार प्रमाणबिनाको जाहेरी पुनः दर्ता गर्न आवश्यक नहुने प्रधानमन्त्री प्रचण्डको भनाइ’ लाई सत्ता जोगाउने मेसो भन्दै प्रधानमन्त्रीले उनको बचावट गर्नुपनि प्रमाणको रुपमा लिएका थिए ।

    यसमा जानकारी दिनुपर्ने निकायले प्रधानमन्त्रीलाई जानकारी नदिएको लेखकको दाबी थियो । उनले प्रधानमन्त्री प्रचण्डले गम्भीरतापूर्वक यो विषयलाई नहेरेको समेत बताएका थिए ।

     

  • subhayug
  • आर्थिक अपचलन
  • गृहमन्त्री
  • रवि लामिछाने
  • सहकारी संस्था
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

  • युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

  • नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ


  • समाचार
  • १

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट
    १ दिन अघि

  • २

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    २ दिन अघि

  • ३

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    २ दिन अघि

  • ४

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    २ दिन अघि

  • ५

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान
    २ दिन अघि

  • ६

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प
    २ दिन अघि

  • ७

    नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु
    २ दिन अघि

  • ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम
    ३ दिन अघि

  • ९

    जाजरकोटमा भूकम्पको धक्का महसुस
    ३ दिन अघि

  • १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution