काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् ।
वडाध्यक्ष गौतमहरि अधिकारीका अनुसार आज बिहान चितुवाले कुकुरलाई खाइरहेको देखेपछि स्थानीय दीपक श्रेष्ठले चितुवालाई भगाउन खोज्दा उनलाई आक्रमण गरेको थियो ।
अधिकारीका अनुसार चितुवाले विद्यालय पढाउन जान लागेकी एक शिक्षिका, एक जना वृद्ध र अर्को युवालाई समेत आक्रमण गरेर घाइते बनाएको छ । घाइते चारै जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar