धादिङ – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता विकल्पमा भन्दा रोजाइको पेशा बन्नुपर्ने बताएका छन् ।
धादिङमा आयोजित पत्रकारितामा युट्युव र आचारसंहिताको सवाल विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । पछिल्लो समय यूट्युवलाई व्यवस्थित बनाएर लैजाने तयारी भइ रहेको उनले बताए । पत्रकारिता राज्यको चौथो अंग हो । रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनले जस्तै यूट्युवले पनि पत्रकारिताको क्षेत्रमा ठूलै योगदान पु¥याउदै आएको केही यूट्यव चलाउनेहरुको बेइमानीलाई हेरेर सिंगो यूट्युव सञ्चालन गर्नेलाई दोष दिन नहुने उनले बताए ।
‘यूट्युवलाई नकरात्मक आलोचनात्मक मात्रै भन्दा पनि सकरात्मक दृष्टिकोणले पनि हेर्ने गरौं । युट्युव मार्फत भइरहेका पत्रकारितालाई प्रोमोशन गर्नुपर्छ । यूट्युव पनि पत्रकारिता क्षेत्रको एउटा अवसर हो । बलियो, मर्यादित र विश्वसनिय बनाउदै लैजानुपर्छ । आचारसंहिता अनुकुल छ छैन त्यसको अनुगमन नियमन हुन आवश्यक छ’ उनले भने ।
प्रेस काउन्सिल नेपालको आयोजनामा नेपाल पत्रकार महासंघ धादिङको संयोजनमा आयोजित धादिङका पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा पत्रकार र पत्रकारिता क्षेत्रको आचारसंहिताका विषयमा छलफल थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar