एक मतका कारण बागमतीको सरकार संकटमा
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको नयाँ सत्ता गठबन्धनलाई आफ्नो सत्ता जोगाउन हम्मेहम्मे परेको छ ।
जम्कट्टेल नेतृत्वको अहिलेको सत्ता गठबन्धनलाई सरकार टिकाउन आवश्यक बहुमतको निक्कै अभाव छ । सरकार निर्माण र निरन्तरताका लागि नयाँ गठबन्धनलाई हम्मेहम्मे परेसँगै मुख्यमन्त्री जम्कट्टेल बहुमत जुटाउन तिव्र दौडधुपमा लागेका छन् । सरकारमाथि संकट परिरहेको अवस्थामा मुख्यमन्त्री जम्कट्टेल आफू नेतृत्वको सत्ता टिकाउन साना दलहरूसँग निरन्तर भेटघाट गर्दै आएका छन् ।
केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महत्वपूर्ण हिस्सा बोकेपनि ७ वटै प्रदेशमा भने रास्वपाको सांसदहरु नहुँदा प्रदेश सरकार गठन गर्न अप्ठेरो परेको छ । त्यसो त त्यसको सवैभन्दा ठूलो असर बागमती प्रदेश सरकारमा देखिन्छ।
सरकार बनाउनका लागि माओवादी, एमाले र समाजवादी मिल्दासमेत १ मत पुग्दैन । राप्रपा सरकारमा नजाने भएपछि एकमतका लागि हाम्रो नेपाली पार्टीसँग जम्कट्टेल नेतृत्वको अहिलेको नयाँ सत्ता गठबन्धनले सहयोग माग्नुपर्ने देखिन्छ । लौरो चुनाव चिह्न रहेको सो पार्टीसँग २ जना मात्र सांसद छन् । उनिहरुलाई समेत समट्दा मात्र जम्कट्टेल नेतृत्वको अहिलेको गठबन्धनसँग बहुमत पुग्छ ।
उता सत्ता गठबन्धनले समर्थनको अपेक्षा गरेको हाम्रो नेपाली पार्टीले पनि आफ्नो कित्ता प्रस्ट पारिसकेको छ । सो दलले मुख्यमन्त्रीमा आँफैले दाबी गर्दै कुनै पनि गठबन्धनमा नरहने स्पष्ट पारिसकेको छ । जसका कारण जम्कट्टेल नेतृत्वको सत्ता गठबन्धन थप दबाबमा परेको छ ।
बागमतीमा एमालेको २७, माओवादीको २१, एकीकृत समाजवादीको ७ जना सांसद जोड्दा कूल ५५ हुन्छ । ११० सदस्यीय संसदमा बहुमत पु¥याउन ५६ सांसद चाहिन्छ । हाम्रो नेपाली पार्टीको समर्थन प्राप्त भएमा ५७ जना मिलेर सरकार बनाउन सकिने सहज अनुमान जम्कट्टेल नेतृत्वको अहिलेको गठबन्धनले गरेको देखिन्छ ।
उता एकीकृत समाजवादी सहित राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीलाई समेटेर आफ्नो नेर्ततवको सरकार बनाउने खेलमा नेपाली काँग्रेस पनि लागी परेको छ । यद्धपी एकीकृत समाजवादीले भने अहिलेकै सरकारलाई समर्थन गर्ने अवस्था देखिएको छ । त्यसैले ‘हाम्रो नेपाली पार्टीलाई सरकारमा ल्याउन सबैले प्रयत्न गरेका छन् ।
उता सरकारमाथि संकट परिरहेको अवस्थामा जम्कट्टेलले निरन्तर साना दलहरूसँग भेटघाट गर्दै आएका छन् । जम्कट्टेलले शनिबारमात्र २ सांसद रहेको हाम्रो नेपाली पार्टी, १३ सांसद रहेको राप्रपा, ३ सांसद रहेको नेमकिपाका नेतालाई भेटेका थिए । उनीहरूसँगको भेटमा मुख्यमन्त्री जम्कट्टेलले सरकारको समर्थन र विश्वासको मतका लागि आग्रह गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar