काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका कृष्णबहादुर महरा साढे चार वर्ष अघी २०७६ साल असोज १९ गते बलात्कार आरोपमा काठमाडौंबाट पक्राउ परेका थिए ।
त्यतिवेला महरा प्रतिनिधि सभाको सभामुख थिए । तर उनीमाथि २०७६ साल असोज १२ मा गते संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लाग्यो । पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा गएका थिए । आफूले श्रीमान् छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको ती महिलाले बताएकी थिइन् ।
असोज १३ गते उक्त घटना सार्वजनिक भएको थियो । सुरुमा ती महिलाको आरोप अस्वीकार गरेका महरामाथि प्रहरीले गरेको अनुसन्धानमा महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट त्यो दिन उनी सुविधानगरस्थित महिलाको घरमा पुगेको ठहर भएको थियो ।
सभामुख समेत रहेका महरामाथि चौतर्फी राजीनामा दिनुपर्ने दबाब बढेपछी असोज १४ गते बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएपछि उनले सभामुख पदबाट राजीनामा दिए । बलात्कार मुद्दामा पक्राउ परेका महरालाई २०७६ फागुन ५ मा जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो ।
महरा निकट श्रोतका अनुसार काठमाडौं जिल्ला अदालतमा महराबीरुद्ध मुद्धा चलिरहँदा महरालाई एक जना वकिलले धादिङको ढोला मण्डली माईलाई भाकल गर्न सुझाएका थिए । ढोला मण्डली माईको भाकल गरे जुनसुकै कष्टबाट पनि उन्मुक्ती पाउने किंवदन्ती रहेको भन्दै ति वकिलले धादिङ तिरकै एउटा कहानी बताएपछी महराले पनि ढोला मण्डली माईलाई भाकल सुनाएका थिए ।
अन्ततः वकिलको सुझावपछि ढोला मण्डली माईलाई भाकल सुनाएका महरा २०७८ मंसिर २१ गते मंगलवारका दिन मण्डली माईको प्रसाद ग्रहणका लागि कालुपाण्डे राजमार्ग हुँदै ज्वालामुखी गाउँपालिका स्थित ढोला पुगेका थिए ।
ढोला मण्डली माई बारे जनाकारी
ढोला मण्डली थानको आफ्नै किम्वदन्ती छ । ढोला मंडली थानको वरीपरी रहेको जंगलमा रुख काट्न गएका एकजना सिकर्मीले रुख कट्न खोज्दा रुख काटिएन । जती प्रयास गर्दा पनि रुख काटिएन बरु बञ्चरो नै बाङ्गो भयो । रुख नकाटिए पछि हैरान भएर उनी घरतिर लागे । अर्को दिन बञ्चरो मर्मत गरेर पून रुख काट्न गएका उनले अचम्मको दृश्य देखे । उनले जुन रुख काट्ने भनेर बञ्चरो हिर्काएका थिए, त्यो रुखबाट रगत बग्न थाल्यो ।
रुखबाट रगत वगेको देखेर उनी डराउदै घर फर्किए । राती सपनामा कसैले उनलाई भन्यो, ‘म ढोला मण्डली माई हुँ, तिमीहरुले मेरो अपमान गरेका छौ, यदी मेरो सम्मान गर्ने हो भने हरेक मंगलबार पाठीको वली चढाउ’ । सपनाको कुराले ति सिकर्मीको होस हवासै उढ्यो । अर्को दिन उनी बिहानै मन्दिर भएको ठाउमा पुगे ।
त्यहाँ उनले मन्दिरको छेउमा रहेको पीपलको रुखमा बेरिएर रहेको अवस्थामा एउटा सर्प देखे । सर्प देखे पछि उनी झस्किए । त्यस पछि उनलाई सपनाको कुरा पुरै विस्वास भयो । त्यही सर्प नै देबी रहेछ । त्यो घटना पछि हरेक मंगलबार मंन्दिरमा पाठीको बली चढाइने गरेको त्यहाँ काटिएका पाठीको मासु महिलाले खानै नहुने र घरमा समेत लैजान नमिल्ने चलन छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar