काठमाडौं– सेयर बजारमा आज सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ ।
आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता सेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ बराबरको कारोबार भएको छ ।
बैंकिङ समूह शून्य दशमलव ०३, लगानी समूह शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८२ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३० र वित्त समूह एक दशमलव ०८ प्रतिशतले बढेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar