काठमाडौं– चिसापानीस्थित कर्णाली पुलमा एकतर्फी बाटो सञ्चालन भएको छ ।
कर्णाली पुलमा आज बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।
गत फागुन २८ गते लाइटर बोकेको ट्रकमा आगलागी हुँदा पुलको बायाँतर्फको केबल तथा डेक र स्ल्याबमा क्षति पुगेको थियो ।
सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गर्दै मर्मतसम्भार गरेपछि आज बिहानबाट एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar