काठमाडौं– कालीकोटको खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा लागेको आगोमा परि घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईँको उपचारका क्रममा ज्यान गएको छ । चौलागाईँको उपचारका क्रममा आज दिउँसो प्रदेश अस्पतालमा ज्यान गएको हो ।
खाँडाचक्र–५ ढाड गाउँका नन्दराम र उनकी छोरी हेमन्ती शुक्रवार आफ्ना बाख्रा आगोले जले–नजलेको हेर्न जाने क्रममा आगोले पोलेको थियो ।
घाइते बाबु–छोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको थियोे । त्यहाँ उपचार हुन नसकेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पु¥याइएको थियोे । आज जुम्लामा पनि उपचार सम्भव नभएपछि दुवै जनालाई सुर्खेत लगिएको थियो ।
हेमन्तीको ७० प्रतिशत शरीर जलेको डाक्टरले बताएका छन् । हेमन्तीका बुबा नन्दरामको भने सुर्खेतमै उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar