काठमाडौं – डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित भएको भएको छ ।
शनिवार विहान, विभाजित पक्षको नेतृत्व गर्दै महिन्द्र राय यादवले माओवादी केन्द्रसँग पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् ।पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति गरेको हो । सहमतिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले पार्टी एकता गर्ने सहमति गरेको र एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनले टुंगो लगाउने विज्ञप्तिमा उल्लेख छ । डा.बाबुराम भट्टराईले नेसपाबाट निर्वाचित सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइरहेका बेला प्रचण्डले सो पार्टीका सांसदहरुलाई माओवादीमा बिलय गराएका हुन् ।
नेसपाबाट प्रतिनिधिसभामा महिन्द्र यादवसहित २ सांसद छन् । त्यस्तै वागमती र गण्डकी प्रदेशसभामा पनि बाबुराम पक्षका सांसद छन् । उनीहरु सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar