काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू देशका सबै कम्युनिष्टहरुलाई मिलाउने पक्षमा रहेको दावी गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय आलोकनगरमा आयोजीत् पार्टीनिकट महिला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले आफूहरू देशका सबै कम्युनिष्टहरुलाई मिलाउने पक्षमा रहेको दावी गरेका हुन् । ‘अहिलेको अवस्था एमाले अध्यक्ष केपी ओलीकै कारण सृजना भएको हो । ओलीजीले अहिले आफ्नो गल्ती स्वीकार गरिसकेका छन् । जुन् बेला अदालत सेटिङ गरेका थिए, त्यसको सजायँ पनि पाईसकेका छन् । अव यी कमजोरीहरु गर्दिन त भनेका छन् तर पनि उनको कुनै भर छैन । आगामी दिनमा त्यस्ता गल्ती नगर्ने सहमती गरे म देसमा रहेका सवै कम्युनिष्ट पार्टीहरुलाई एक बनाउन भुमिका खेल्छु । तर मलाई यो पद चाहिन्छ भनेर कुनै दावी पनि गर्दिन ।’ नेपालले भने ।
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूलाई कुनै पद ओगटेर बस्ने इच्छा नभएको पनि बताए । उनले भने, ‘एमालेमा गएका भिम रावल जी को कुरा गर्नै पर्दैन तपाँईहरु नै जानकार हुनुहुन्छ । केहि समय अघी मात्र एमालेमा जानुभएको मुकुन्द न्यौपाने र केदार न्यौपानेको पनि अहिले बेहाल छ । मसंग निरन्तर सम्पर्कमा नै हुनुहुन्छ । उहााहरलेनै मलाइृ अहिले मलाई सबै कुरा विचार नगरी नफस्नुहोला भनी आग्रह गरिरहनुभएको छ । हामी देशका सबै कम्युनिष्टहरुलाई मिलाउने भए तयार छौँ । सबै कम्युनिष्टलाई गोलबद्ध गराउने भए तयार छौँ । देश बनाउनु छ हामीलाई । कुनै पद ओगटेर बस्नु पनि छैन । हामीलाई प्रधानमन्त्री चाहिएको पनि होइन । पार्टी अध्यक्ष पनि चाहिएको छैन ।’ नेपालले थपे ।
त्यस्तै उनले देशको परिवर्तनमा इमानदार नेता कार्यकर्ता चाहिएको पनि जिकिर गरे । उनले भने, ‘अहिले हामी नयाँ चरणमा छलफलमा छौँ । सरकारको विषयमा प्रदेशदेखि राजनीतिक नियुक्तिको विषयमा पनि छलफल हुँदैछ। अरू कुराहरू पनि छलफल हुँदैछ । हामीसँग कुन ढंगको व्यवहार हुन्छ त्यसमा भर पर्छ हामी अहिलेसम्म छलफलमा बसिसकेका छैनौँ । छलफल गर्दै जानेछौँ ।’ उनले पार्टीका नेता कार्यकर्तालाई इमानदार भएर पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar