काठमाडौं – सुन तस्करीमा संलग्न भएको आरोप लागेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई फेरी अर्को फसाद थपिएको छ ।
दीपेशविरुद्ध सुन तस्करीमा संलग्न भएको आरोपमा शुक्रवार काठमाडौँबाट प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई पक्राउ परेको थियो । सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदैगर्दा पुनलाई फेरी अर्को फसाद थपिएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो ।
उनी शुक्रबारै राजधानीको टोखाबाट पक्राउ परेका थिए । रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले उनीविरुद्ध मुद्दा भएकाले काठमाडौंबाट झिकाइएको जानकारी दिए । सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदैगर्दा सहकारी ठगीमा पनि यसअघि नै वारेन्ट जारी भएकाले पहिला भैरहवा पठाइएको प्रहरी श्रोतले जनाएको छ ।
पुनविरुद्ध रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप छ ।
यो पनी पढ्नुहोस् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar