काठमाडौं – सुन र पुन सुन्दा उस्तैउस्तै सुनिन्छन्, तर अर्थ फरक छ । तर, नेपालको सन्दर्भमा यी दुई शब्द पर्यायवाचीजस्ता देखिएका छन् ।
सुन तस्करी प्रकरणमा पुन परिवारको दुई पुस्ते नाता रहेको पाइएको छ । शुक्रबार मात्र नेपाल प्रहरीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको छ । माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका पुनको सुन तस्करसँग एकाघरकैजस्तो नाता जोडिएको पहिलेदेखि नै चर्चा चल्दै आएको थियो ।
२ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सिआइबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ । सुनसम्बन्धी जाँचबझ आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सिआइबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो ।
सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दीपेशको बाक्लो उठबस रहेको भेटिएको थियो ।स्रोतका अनुसार, छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका थिए । सिआइबीमा गरेको बयान कागजमा पुनले दावासँगको चिनजान र सम्बन्धलाई समेत स्वीकार गरेका थिए । तर, सुन कारोबारमा संलग्न नरहेको दाबी गरेका थिए ।
छानबिन आयोगका एक सदस्यका अनुसार दीपेश दावासहित अन्य चिनियाँ नागरिकसँग हेलिकोप्टरमा गोसाइकुण्ड घुम्न गएको समेत पाइएको छ । नेकपा ९माओवादी केन्द्र० मा शक्तिशाली मानिएका दुई पुनमध्ये नन्दबहादुर पुनको परिवारमा प्रहरीले हात हाले पनि बर्तमान अर्थमन्त्रीसमेत रहेका वर्षमान पुनको परिवारलाई भने छोएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar