कुवेत – वैदेशिक रोजगारीको लागि कुवेत पुगेका ३ जना नेपाली नागरिकको अकालमै ज्यान गएको छ ।
उनीहरूको १२ मार्च २०२३ का दिन सडक दुर्घटनामा परी मृत्यु भएको हो। मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून २ काठमाडौंका सुजन कार्की , लयती पन्चदेवल विनायक ५ आछामका सुरत बहादुर कडायत र वेंगादवार ३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन्।
साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा महाबुल्ला एरियाको सिसाईड रोडमा बाटो क्रस गर्दा गाडीले ठक्कर दिंदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
उनिहरु तिनैजना कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए । घटना पश्चात गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै मृतकहरुको शवलाई पोष्टमार्टमकोलागि फरवानिया हस्पिटल राखिएको छ । नेपाली राजदूतावास अनुसार दुर्घटनाको सुचना पाए लगतै परिवार तथा कम्पनसँग सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागि पहल गर्नुको साथै आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar