काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।
बुधवार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत लिने प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै पाण्डेले प्रचण्डको चर्को आलोचना गरेका हुन् । चेतावनीको भाषामा आलोचना गर्दै पाण्डेले भने, ‘एकचोटी प्रधानमन्त्रीजीले सोच्नुस्, अघि कुरा आएको जस्तो ओलीजी र शेरबहादुरजीको घाँटी जोडियो भने तपाईंको हातल के हुन्छ ?
उनले नयाँ गठबन्धन गर्दा एकीकृत समाजवादीलाई छाड्नु अनैतिक भएको समेत बताए । आफ्नो दललाई गरेको व्यवहारप्रति पनि पाण्डेले गम्भीर आपत्ति जनाए । संविधानको रक्षाका लागि आफूले बनाएको पार्टीमा विद्रोह गरेर प्रचण्डलाई साथ दिएको भन्दै उनले भने, ‘हामीलाई बाटोमा छाडेर हिँड्नुभयो । योभन्दा अनैतिकता के हुन्छ रु’
पाण्डेले प्रधानमन्त्रीलाई मानिसहरुले कति छिटो रंग फेर्न सकेको भनेर टिप्पणी गरेको समेत सुनाए । ‘१७ हजार २ भनेर छातिमा प्ले कार्ड बोकेर हिँड्ने मान्छे पनि यही छौं । पाँच हजारको जिम्मा लिन्छु भन्ने पनि यही छौं’ उनले भने, ‘यो सबै गठजोड कसरी अगाडि बढ्छ हेर्न बाँकी छ ।’
त्यस्तै उनले बजेट निर्माणमा सांसदहरुको भूमिका नभए भोट नहाल्ने चेतावनी समेत दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar