काठमाडौं–नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।
आज सेयर बजार नेप्से परिसूचक ५८ दशलमव ५८ अंकले बढेर २,१११ दशमलव २४ को विन्दुमा कायम भएको छ ।
आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा उपसूचक, निर्जीवन बीमा उपसूचक र माइक्रोफाइनान्स उपसूचक सर्वाधिक बढेको हो ।
आज २२० कम्पनीका सेयर मुल्य बढेको छ भने २२ वटा कम्पनीको मात्रै सेयर मुल्य घटेको छ । मंगलबार ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यसदिन कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै सोनापुर मिनरल्सको २४ करोड ९ लाख रुपैयााको सेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइनस्योरेन्सको १५ करोड ७१ लाख रुपैयााको सेयर कारोबार भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar