एजेन्सी– नाइजेरियाको उत्तरपश्चिममा रहेको एक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २५० भन्दा बढी विद्यार्थीहरूलाई उद्धार गर्न सेना परिचालन गरिएको छ ।
कादुना राज्यमा भएको उक्त घटना एक सातामा भएको दोस्रो सामूहिक अपहरण हो । पछिल्ला केही बर्षहरूमा उक्त क्षेत्रमा सशस्त्र आपराधिक गिरोहले गाउँ, विद्यालय तथा राजमार्गहरूमा फिरौती भुक्तानीको खोजीमा पीडितहरूलाई लक्षित गर्ने गरेका छन् ।
कादुना राज्यका स्थानीय सरकारी अधिकारीहरूले बिहीबार अपहरणको पुष्टि गरेका छन् । यद्यपी उनीहरूले कति बालबालिकाहरू अपहरण भएका छन् भन्ने तथ्याङ्क भने दिएका छैनन् ।
आक्रमणका क्रममा कम्तीमा एक जनाको गोली हानी मृत्यु भएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
जीएसएस कुरीगा विद्यालयका शिक्षक सानी अब्दुल्लाहीले बन्दुकधारीहरूले बिहीबार हवाई फाएर गरी विद्यालयका कर्मचारी र धेरै विद्यार्थीहरू लिएर गएको बताए ।
उनका अनुसार स्थानीय अधिकारीलाई १८७ जना विद्यार्थीहरू विद्यालयबाट र अन्य १०० जना प्राथमिक कक्षाहरूबाट अपहरण गरेका थिए ।
स्थानीय बासिन्दाले करिब २८० जना बालबालिका र शिक्षक अपहरणमा परेकोे बताएका छन् ।
सुरक्षा प्रमुखहरूबाट दुई घटनाको बारेमा जानकारी प्राप्त गरेपछि तत्काल उनीहरूको उद्धाका लागि निर्देशन दिएको राष्ट्रपति बोला टिनुबुद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar