काठमाडौं– पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरा ७ बुलौंदी ओरालोमा हल्लनचोक बाट जिरो तर्फ गुडिरहेको बा.प्र ०२–०३४ प ५६२१ नम्बरको बुलेट मोटरसाइकल सडक बिचमा रहेको डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा कैलाली सोरहनपुर गाउँपालिका–३ घर भएका २८ वर्षका महेश आचार्य र जानकी गाउँपालिका–३ बस्ने ३० वर्षका सैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो । उनीहरु दुर्घटनामा गम्भिर घाइते भएका थिए । दुवैजनाको उपचारको क्रममा ज्यान गएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar