काठमाडौं– कास्कीको पोखरा र मुस्ताङको जोमसोम हवाई सेवा तीन महिनापछि सञ्चालनमा आएको छ ।
पोखरादेखि मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गएको मङ्सिर दोस्रो सातापछि बन्द भएको थियो । समिट एअरलाइन्सले हिजोदेखि उडान भर्न थालेको छ ।
तारा एअरलाइन्सले केही दिनमै पोखरा–जोमसोम उडानको तयारी गरेको जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले बताए । मौसममा सुधार हुन थालेको र पर्यटकीय याम शुर भएकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar