काठमाडौं– आजदेखि एक सातासम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नु पर्ने भएकाले यही फागुन २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।
आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।
यस्तै, भोलि १७ गते गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा र पर्सि १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । यसैगरी १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको विद्युत् सेवा बन्द हुनेछ ।
त्यस्तै २० गते एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन र टुँडालदेवी, २१ गते गोल्फुटार पेट्रोलपम्पदेखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar